काठमाडौं । सान्भि इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ११ करोड ८४ लाख ११ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज साँझ ५ बजेसम्ममा ५४ हजार ४६८ जनाले ११ लाख ८४ हजार ११० कित्ताका लागि आवेदन दिएका छन् । यो माग गरिएकोभन्दा ४.०६९ गुणाले बढी हो ।
यस्तै कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि बिक्री खुला गरेको आइपीओमा ७ करोड ९१ लाख ३८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज साँझसम्म १ हजार ४ सय ९४ जनाले ७ लाख ९१ हजार ३८० कित्ताका लागि आवेदन दिएका छन् ।
सान्भि इनर्जी लिमिटेडले वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री खुला गरिरहेको छ । कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशतले हुने ८ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री खुला गरेको हो ।
स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले ८ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा इलाम जिल्लाका आयोजना प्रभावित स्थानीयले आवेदन दिन सक्नेछन् ।
स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । छिटोमा वैशाख १९ गते र उक्त अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा जेठ ३ गतेसम्म आवेदन दिन मिल्नेछ ।
कम्पनीले वैशाख ५ गतेदेखि नै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि पनि २ लाख ९१ हजार कित्ता आइपीओ बिक्री खुला गरेको छ ।
यसमा पनि प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम २० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने वैशाख १९ गते बिक्री बन्द गरिने कम्पनीले जनाएको छ ।
केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
जततउकस्ररधधध।लभउबष्उिबष्कब।अयmरलभधक(मभतबष्रिडज्ञज्ञटड