काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले लुम्बिनी केवलकारको टिकट खरिदमा २० प्रतिशत छुट प्राप्त गर्ने भएका छन् । आईएमई लाइफ र लुम्बिनी केवलकार प्रा.लि. बीच सम्पन्न सम्झौताबाट उक्त सुविधा आदानप्रदान गर्ने समझदारी भएको हो ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीकका बीमितले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाएर छुट सुविधा लिन सक्नेछन् । अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेश गरेपछि उक्त छ्ट सुविधाको लाभ लिन सक्नेछन् ।

यस किसिमको सहकार्यले एकातर्फ कम्पनीको व्यावसायिक सम्बन्धलाई प्रभावकारी बनाउनका साथै अर्कातर्फ कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने आशा कम्पनीले लिएको जनाएको छ ।

साथै छुट सुविधा लिनका लागि लुम्बिनी केवलकारको टिकट काउन्टरमा गई टिकट खरिद गर्नुपर्नेछ । भविष्यमा उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज र स्तरीय बनाउँदै लैजानेछ लक्ष्य लिएको छ ।