काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले नेपाली बजारमा नयाँ बजाज पल्सर एन१६० र पल्सर एन१२५ सार्वजनिक गरेको छ ।

भृकुटीमण्डपमा जारी ग्राण्ड कार्निभलमा सार्वजनिक गरिएका दुई नयाँ मोडलहरूले पावर, प्रविधि, र डिजाइनको संयोजनमार्फत् बजाज प्रेमीहरूलाई रोमाञ्चकताको अनुभव दिने कम्पनीले विश्वास राखेको छ ।

नयाँ बजाज पल्सर एन१६० मा १६४.८२ सीसीको सिंगल–सिलिन्डर, एयर–कूल्ड, एसओएचसी, २–भल्व इन्जिन रहेको छ । त्यसले १६ पीएस (११.७ किलोवाट) ब्रेक हर्स पावर र १४.६५ एनएमको टर्क दिन्छ । यसमा ५ गियरको ट्रान्समिसन रहेको छ । डुअल च्यानल भ्यारियन्टमा उपलब्ध विशेषताहरूका अतिरिक्त टर्न–बाइ–टर्न नेभिगेसन, एबिएस, राइड मोड डिस्प्ले उपलब्ध छन् ।

त्यसैगरी पल्सर एन१२५ मा १२४.५८ सीसीको एयर–कूल्ड, सिंगल स्पार्क, २–भल्व इन्जिन रहेको छ । यसले १२ पीएस को अधिकतम शक्ति र ११ एनएम को अधिकतम टर्क उत्पादन गर्ने क्षमता राख्दछ । यसमा
५–स्पीड ट्रान्समिशन र काउन्टर ब्यालेन्सर जस्ता विशेषताहरू छन् । यो मोडलमा उत्कृष्ट इन्धन सक्षमता रहेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा बोल्दै गोल्छा ग्रुपका मार्केटिङ प्रमुख अमित राज चालिसेले नयाँ मोडलका मोटरसाइकल सार्वजनिक हुँदै गर्दा आफू उत्साहित बनेको बताए । “नेपालमा नयाँ पल्सर एन१६० र एन१२५ सार्वजनिक गर्न पाउँदा अत्यन्तै खुसी छौं । पल्सर ब्रान्ड सधैं पर्फमेन्स र इनोभेसनको प्रतिकको रूपमा चिनिन्छ । एन१६० ले पावर र डिजाइन अन्तर्गत बजारमा आफ्नो स्थान बनाउछ भने एन१२५ले ईन्धन सक्षमता र सहज सवारी अनुभवको नयाँ परिभाषा दिनेछ”, उनले भने ।

पल्सर एन१६० मा १४ लिटरको इन्धन टंकी, आरामदायी सीट र स्टाइलिश १७ इन्चको ट्युबलेस टायर दिइएको छ । ७९५ मिलिमिटरको सीटको उचाइ र १६५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स रहेकोले यो सिटी राइड र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त छ । त्यस्तै पल्सर एन१२५को ७९५ मिलिमिटर सीट उचाइ, १९८ मिलिमिटर ग्राउन्ड क्लियरेन्स र १२५ किलोग्राम केर्ब वजनले यसलाई नेपाली सडकका लागि उत्तम बनाउँछ ।

वैशाख १६ देखि २१ सम्म भृकुटीमण्डपमा चल्ने ग्राण्ड कार्निभलबाट पनि यी मोडलहरू खरिद गर्न सकिने छ । त्यसका साथै ग्राहकले आफूलाई नजिक पर्ने बजाजका सोरुमबाट पनि उक्त मोडल किन्न सक्नेछन् । ग्राण्ड कार्निभलमा टेस्ट राईडको समेत व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यस अवसरमा उपस्थित ग्राहकहरूलाई विशेष सुविधाहरू उपलब्ध छन् । जसमा स्थानमै फाइनान्स, २० भन्दा बढी भ्यालुएटरहरूबाट ग्यारेन्टी गरिएको उच्चतम भ्यालुएसन, जीरो सर्विस चार्ज र बजाजको “खुसीको मिटर“ योजना अन्तर्गत नगद र अन्य पुरस्कार जित्ने मौका पाउनेछन् । साथै निःशुल्क एक्सेसरीज पनि उपलब्ध गराइनेछ ।