काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता रवि लामिछानेले मिटरब्याज पीडितको पक्षमा विधेयक नल्याए संसद अवरोध गर्ने चेतावनी दिएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बाेल्दै उनले यस्ताे बताएका हुन् ।
लामिछानेले प्रतिनिधिसभाको बैठकको कार्यसूचीबाट मिटरब्याजी बिरुद्ध ल्याइएको विधेयकमाथिको छलफल कसका कारण कार्यसूचीबाट हटाइयो ? भन्दै प्रश्न गरे । सो विधेयकमाथिको कार्यबाही कार्यसूचीबाट हटेपछि उनले आपत्ति जनाए ।
उनले अर्को बैठकमा मिटरब्याज पीडितको पक्षमा विधेयक नल्याए राष्ट्रियस्वतन्त्र पार्टीले संसद चल्न नदिने चेतावनी दिए ।
उनले भने, ‘कार्यसूचीमा मिटरब्याज पीडितहरुको विषय आज किन आएन ? कसका कारणले रोकियो सभामुख महोदय ? राष्ट्रिय स्वतन्त्र पार्टी मिटरब्याजबाट पीडित भएका सम्पूर्ण नागरिकहरुको पक्षमा छ, र सरकारलाई यो विधेयक यथाशीघ्र संसदमा ल्याउनका निमित्त आह्वान गर्न चाहन्छ । हामी मिटरब्याज पीडितको पक्षमा छौँ ।’