काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले नेपालमा पार्ट टाइम काम गर्न पाउने व्यवस्था गर्न सरकारसँग माग गरेकी छिन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद गौतमले यस्ताे माग गरेकी हुन् ।
उनले छिमेकी देशहरुसँग मागेर मात्र देश समृद्ध नहुने बताइन् । साथै नेपालको दिगो विकासका लागि स्वदेशभित्र भएका संभावनाहरुको खोजी सुरु गर्नुपर्ने उनले बताइन् ।
उनले भनिन्, ‘नेपालको अर्थतन्त्र चलायमान बनाउनुपर्छ । नेपालमा आन्तरिक श्रमबजारहरुको खोजी गरिनुपर्छ । नेपालमा पार्ट टाइम जब सिष्टमको सुरुवाता गरिनुपर्छ । अर्थतन्त्रलाई कर र सामाजिक सुरक्षाको दायरामा ल्याउन आवश्यक छ । पार्ट टाइम कामदारलाई घण्टा अथवा दिएको कामको आधारमा बैंकिङ च्यानलमार्फत भुक्तानीको विकास गरिनुपर्छ ।’
यसो गर्दा युवाहरुमा श्रम संस्कृतिको विकास हुने र युवाहरु आर्थिक हिसाबले आत्मनिर्भर हुने सांसद गाैतमले बताइन् ।