काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी १२ नेपाली बजारमा सार्वजनिक गरेको छ । उत्कृष्ट प्रदर्शन र फिचरहरु प्रदान गर्ने यस स्मार्टफोन बजारमा सुपथ मूल्यमा उपलब्ध हुनेछ । रेड्मी सिरज अन्तर्गतको एउटा मोडेल रेड्मी १२ ले अतुलनीय अनुभव प्रदान गर्दै बजेट अनुकूल स्मार्टफोनको परिभाषा नै परिवर्तन गर्ने लक्ष्य राखेको छ ।
लन्चको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर, अमित कुमार पंडाले भने, “हामी शाओमीका प्रविधियुक्त स्र्माटफोनहरु सबैका लागि पहुँचयोग्य बनाउन प्रतिबद्ध छौँ । रेड्मी १२ मोडलमा फिचर, प्रदर्शन र किफायतीको संयोजन मार्फत हामी इन्ट्री लेबल स्र्माटफोनलाई पुन परिभाषित गर्ने उद्देश्य राखेका छौँ । हामीलाई विश्वास कि यस डिभाइसले प्रयोगकर्तालाई डिजिटल संसारका सम्पुर्ण सम्भावनाहरूका ढोका खोल्नेछ ।”
रेड्मी १२ मिडनाइट ब्ल्याक, स्काई ब्लू र पोलर सिल्भर गरी तीन रंगहरूमा र ६ जीबी ं १२८ जीबी र ८ जीबी ं २५६ जीबी भेरियन्टमा उपलब्ध हुनेछ । साथै यसमा १ टीबी सम्म एक्स्पाण्डेबल स्टोरेजको सपोर्ट रहेको छ । ६ जीबी ं १२८ जीबी र ८ जीबी ं २५६ जीबी भेरियन्टको मूल्य रु। १७,९९९ र रु।२०,९९९ रहेको छ । रेड्मी १२ असार २९ बाट नेपालभरका सबै आधिकारिक मी स्टोर र शाओमीका आधिकारिक रिटेलरहरूमा उपलब्ध हुनेछ ।