सानिमा रिलायन्स लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.७७ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीले ३३ करोड ७६ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसैअवधिमा कम्पनीले ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समिक्षा अवधिमा कम्पनीले ४ अर्ब ६५ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यसैअवधिमा कम्पनीले ४ अर्ब १ करोड रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यस अवधिमा १५.८८ प्रतिशतले बीमा शुल्क बढाउन सफल भएको छ।

यस्तै,कम्पनीको खुद ब्याज आम्दानी पनि ४ अर्ब १ करोड रूपैयाँबाट बढेर ४ अर्ब ६५ करोड रूपैयाँ पुगेको छ। त्यस्तै कुल आम्दानी ५ अर्ब २२ करोड रूपैयाँबाट बढेर ६ अर्ब १२ करोड रूपैयाँ पुगेको छ।

यस अवधिमा कम्पनीको जीवन बीमा कोष ४४ प्रतिशतले वृद्धि भएर १७ अर्ब ८१ करोड रूपैयाँ पुगेको छ।गत वर्ष उक्त कोष १२ अर्ब ३६ करोड रूपैयाँ रहेकोमा थियो।

कम्पनीको महाविपत्ति कोषमा साढे १ करोड रूपैयाँभन्दा बढी तथा जगेडा कोषमा करीब ३१ करोड रूपैयाँ सञ्चिति रहेको छ।

मर्जरपछि सानिमा रिलायन्स लाइफको आक्रामक प्रगति,बजारमा स्थापित ब्रान्डलाई टक्कर दिंदै

चुक्ता पुँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निंङमा ३० करोड ९९ लाख रुपैयाँ रहेको छ । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ८ रुपैयाँ ९८ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ११० रुपैयाँ ६ पैसा छ ।