काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेकाे छ । बैंकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हाे ।

बैंकले एक वर्षभन्दा माथिको व्यक्तिगत मुद्दती निक्षेपमा ९.९९ प्रतिशत दिने भएकाे छ । त्यस्तै रेमिट्यान्स मुद्दती निक्षेपमा ११.९९ प्रतिशत ब्याजदर दिने जनाएको छ ।

बैंकले ३ देखि ६ महिनासम्मको व्यक्तिगत निक्षेपमा ९ प्रतिशत र ६ महिनादेखि १ वर्षसम्मको व्यक्तिगत निक्षेपमा ९.५० प्रतिश ब्याजदर दिने भएकाे छ ।

बैंकले एक वर्षभन्दा माथिको मुद्दती निक्षेप र रेमिट्यान्स मुद्दती निक्षेपमा पुरानै ब्याजदरलाई निरन्तरता दिएको छ भने एक वर्षभन्दा कम मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ ।

बैंकले बचततर्फ ग्लोबल रेमिट्यस सेभिङ एकाउन्टमा सबैभन्दा बढी अर्थात् ९ प्रतिशत, सोचेजस्तै बैंक खाता र सबै नेपाली बैंक खाता नामक बचतमा ७ प्रतिशत र ग्लोबल जेष्ठ नागरिक बचत खातामा ६ प्रतिशत ब्याजदर दिने जनाएको छ ।