काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा ३ सय रुपैयाँले घटेकाे हाे ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ३ सय रुपैयाँले घटेर प्रति तोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुन प्रति तोला १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार छापावाला सुन प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा र तेजावी सुन प्रति तोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएकाे थियाे ।
त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।