काठमाडौं । सहकारी पीडितहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न सहकारीबाट ठगिएका बचतकर्तारहरू काठमाडौं आएर माइतिघर-बिजुली बजार सडकमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले सहकारीमा बचत गरेको रकमको साँवा र व्याजसहित फिर्ता गर्नुपर्ने भन्दै प्रदर्शन गरेका छन् ।
सहकारी पीडितले आज बिहान सिंहदरबार घेराउ गरेका थिए । साथै नयाँ बानेश्वरस्थित सहरकारी विभागमा ताला समेत लगाएका थिए ।