काठमाडौं। हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार चालु आवको चैत महिनासम्म कम्पनीले ३३ करोड २३ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको छ।

यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.२० प्रतिशतले घटेको हो। अघिल्लो वर्ष यसै अवधिमा कम्पनीको मुनाफा ६० करोड ६५ लाख रुपैयाँ थियो ।

यो अवधिमा कम्पनीको बीमा कोष ३ अर्ब ९९ करोड रुपैयाँबाट घटेर ३ अर्ब ५३ करोड रुपैयाँमा झरेको छ, जुन ११.५५ प्रतिशतको गिरावट हो ।

त्यस्तै, कम्पनीको कुल आम्दानी १ अर्ब ७९ करोड रुपैयाँबाट घटेर १ अर्ब ७२ करोड रुपैयाँमा झरेको छ । जसमा ४.०१ प्रतिशतको कमी आएको छ । कम्पनीको खर्च ४८ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ कायम छ। महाविपत्ति कोष ११.८९ प्रतिशतले बढेर ७ करोड ८२ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष २१ प्रतिशतले घटेर २४ करोड ५ लाख रुपैयाँमा झरेको छ।

यस अवधिमा कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (EPS) १७.७३ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ ३७५.५० रुपैयाँ पुगेको छ।