काठमाडौँ । सातको चौथो कारोबारका दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १३.९६ अंकले घट्दै २,६२०.२७ बिन्दुमा झरेको छ। आज बजारमा कुल ०.५३ प्रतिशतको गिरावट आएको हो।
आज नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको १ करोड ८४ लाख २९६ हजार १३८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड ६५ लाख ७० हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा ११ उपसूचक उपसूचक राताम्मै भएको छ ।
उक्त दिन गुराँस लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ । त्यसैगरी, नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको ९।७३ प्रतिशत, बाराही हाइड्रोपावरको ९.५५ प्रतिशतले सेयर मूल्य घटेको छ ।
आज ६२ कम्पनीको सेयर मूल्य बढ्दा १८३ कम्पनीको घटेको छ। एक कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन देखिएको छैन। सबैभन्दा धेरै कारोबार हुने कम्पनी राधी विद्युत् कम्पनी रहेको छ । कम्पनीको कारोबार रकम रु ५९ करोड ३२ लाख ९५ हजार ८१६ रहेको छ ।