काठमाडौँ । यस अगाडि लगातार उचाइ लिएको सुनको मूल्य आज ओरालो लागेको छ । घरेलु बजारमा आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबारका दिन शुक्रवार सुन तोलामा एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको थियो।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला एक हजार ९४५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।