काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को इकाई सूचीकृत भएको छ । फण्डको ८ करोड ५ लाख ८० हजार इकाई आज (आइतवार) सूचीकृत भएको हो ।
अब यस फण्डको इकाई धितोपत्रको दोस्रो बजारमा भोलि (सोमवार)देखि कारोबारमा आउनेछ ।
नेप्सेले यस फण्डलाई ‘एसआईजीएस ३’ कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि नेप्सेले १० रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ ।