काठमाडौं । अघिल्लो दिन अन्तिम समयमा आएर गिरावट आएको शेयर बजारमा आज सामान्य बढोत्तरी आएको छ । यस साताको अन्तिम दिन नेप्से इन्डेक्स १८.७० अंकले बढेर २६८८.२१ को विन्दुमा कायम भएको छ।
सूचीकृत ३१४ कम्पनीको २ करोड २१ लाख कित्ता शेयर खरिदबिक्रि हुँदा ९ अर्ब ७१ करोडको शेयर कारोबार भएको छ । गभर्नर डा.विश्व पौडल शेयर बजारतर्फ सकारात्मक देखिएपछि लगानीकर्ताहरु उत्साहित बनेका छन् ।
आज बैंक, माइक्रोफाइनान्स, म्युचल फन्ड र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेको छ । आज बैंक समूहकाे शेयर झन्डै ४ प्रतिशतले बढेकाे छ भने हाेटल समूहकाे शेयर साढे २ प्रतिशतभन्दा धेरैले घटेकाे छ ।
उक्त दिन सेयर बजारमा सुधार आउँदा ओम मेगाश्री फर्मास्युटिकल्सको सेयरमा सकरात्मक सर्किट लाएको छ । त्यसैगरी, एनआइसी एशिया बैंकको ८.११ प्रतिशत, फरवार्ड माइक्रोफाइनान्सको ८.०६ प्रतिशत र कुमारी बैंकको ६.५३ प्रतिशतले बढेको हो ।