काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा सुन र चाँदीकाे मूल्य स्थिर कायम भएको हो ।

हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार २०० रुपैयाँ कायम थियो । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६५० रुपैयाँ कायम थियो । आज सोमबार पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि स्थिर कायम छ । आज चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।