काठमाडौँ । नेशनल लघुवित्तले सेयर धनीहरूको नाममा रहेको ७० हजार १६५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

संस्थाले संस्थापक सेयर धनीहरूको नाममा काठमाडौँ, भक्तपुर र झापा शाखा रहेको संस्थापक सेयर बिक्री गर्ने उल्लेख गरेको छ । पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिन लागिएको छ ।।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई ३५ दिनभित्र के कति कित्ता सेयर खरिद गर्ने हो सोको विवरण खुलाएर निवेदन पेश गर्न भनिएको छ । उक्त अवधिभित्र संस्थापक सेयर धनीहरूको आवेदन नपरेमा कानुन बमोजिम अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री गरिने जनाएको छ ।