काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर विक्री खुला गरेको छ । कम्पनीले संस्थापक तर्फको ५ हजार ४३४ कित्ता शेयर सर्वसाधारणमा विक्री खुला गरेको हाे ।

कम्पनीले यसअघि गत जेठ २४ गतेदेखि असार २६ गतेसम्म विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र जारी गर्दा वितरण हुन नसकेको उक्त शेयर सर्वसाधारणमा विक्री गरेको हो । कम्पनीले कृष्ण प्रसाद बस्यालको नाममा रहेको उल्लेखित शेयर विक्री गरेको हो ।

शेयरको मूल्य भने विक्रेताले तोकेबमोजिम हुने कम्पनीले जनाएको छ । उक्त शेयर खरीद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीसँगै अन्य व्यक्ति तथा संस्थाहरूले आगामी सात दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।