काठमाडौं । आज साउन १ गते अर्थात आर्थिक वर्ष २०८०/८१ को पहिलो दिन शेयर बजार उच्च अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक ४७.०७ अंकले बृद्धि भएकाे छ । नेप्से परिसूचक ४६.०७ अंकले बृद्धि हुँदा १२४४.१६ को विन्दुमा कायम भएको छ ।

आज २०० कम्पनीको मुल्य बढेको छ भने १३ कम्पनीको शेयर मुल्य घटेको छ ।

सोमबार नेप्सेमा सूचीकृत २५७ कम्पनीहरुको ७६ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ५६ करोड १ लाख को कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ ।

आज कम्पनीको १४ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन लाइफको १० करोड ८४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाइन रेसुङगा डेभलपमेन्ट बैंकको ७ करोड ७५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज दुई उपसूचक उचालिएको छ । आज भेडलपमेन्ट बैंक ४.१४ र फाइनान्स उपसूचक ३.६१ प्रतिशतले उचालिएको छ । त्यसको विपरित म्युचुअल फण्ड उपसूचक ०.४९ प्रतिशतले घटेको छ भने अन्य सबै उपसूचक बढेको छ ।

आज बजार बढ्दा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाका लगानीकर्ता सर्वाधिक कमाउने लगनाीकर्ता बनेका छन् । आज कम्पनीको प्रति शेयर मूल्य १ हजार २३२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको शेयर पहिलो दिनमै ९ दशमलव ९९ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ५८३ रुपैयाँ कायम भएको छ । साथै अभियान लघुवित्त वित्तीय संस्थाको शेयर ९ दशमलव ८७ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ७६८ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सोमबार सर्वाधिक घाटा कुमारी धनवृद्धि योजनाका लगानीकर्ताले बेहोरेका छन । उक्त कम्पनीको सेयरमूल्य ८.३७ प्रतिशतले घटेको छ । त्यस्तै सानिमा ग्रोथ फण्ड, सानिमा लार्ज, ८.५ बीओके डेबेन्चर र मेगा म्युचुअल फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।