काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै आफ्नो केन्द्रिय कार्यालय, प्रदेश कार्यालय तथा शाखा कार्यालयबाट जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने जानकारी दिएको हो ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ मा सञ्चालन हुने जीवन बीमा अभिकर्ता आधारभुत तालिमको विवरण कम्पनीले आफ्नो वेबसाईटमा राखेको जनाएको छ ।
कम्पनीले बीमा अभिकर्ता तालिममा सहभागि हुन इच्छुक व्यक्तिले आवश्यक शैक्षिक योग्यता सहितका कागजात संकलन गरी आफुलाई पायक पर्ने कम्पनीका कार्यालयमा आवेदन दिन आग्रह गरेको छ ।