काठमाडौँ । निरन्तर उकालो लागेको सुनको मूल्यमा आज फेरि बढोत्तरी आएको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले उकालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन मङ्गलवार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदी तोलामा ३० रुपैयाँले बढेर प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य अघिल्लो दिन ५५ रुपैयाँले बढ्दै प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।