काठमाडौं । मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ९.९१ अंकले बढेर २१५४ को विन्दुमा कायम भएको छ ।

आज १०१ कम्पनीको शेयर मुल्य बढेको छ भने १०६ कम्पनीको शेयर मुल्य घटेको छ । आज बिपिडब्ली र युनाइटेड अजोडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज दिनभरिमा २५५ कम्पनीको ८६ लाख ७६ हजार ४३८ कित्ता शेयर किनबेच हुदा ३ अर्ब ५४ करोड ८८ लाख २९ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज शेयर बजार बढेसँगै स्वावलम्बन लघुवित्त र शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । स्वावलम्बन लघुवित्तको ८७५ रुपैयाँका दरले २१ करोड ७७ लाख रुपैयाँ र शिवम् सिमेन्टको १७ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका शेयरधनीले सर्वाधिक कमाएका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीकाे प्रति शेयर मुल्य १ हजार ३५५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै आज युनाइटेड अजोड इन्स्योरेन्सको शेयर ९ दशमलव ९९ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ५९२ रुपैयाँ कायम भएको छ । साथै आज शुभम पावरको शेयर ८ दशमलव ८९ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ८८२ रुपैयाँ कायम भएको छ ।

आज सानिमा लार्ज क्याप फण्डको शेयरमूल्य सर्वाधिक ५.१४ प्रतिशतले घटेको छ । त्यस्तै ग्लोबल आईएमई ब्यालेन्सड फण्ड १, सिटिजन म्युचुअल फण्ड १, सानिमा ग्रोथ फण्ड, हिमालयन ऊर्जा विकास कम्पनी आदिको शेयरमूल्यमा गिरावट आएको छ ।