काठमाडौँ। अभियान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

आज (बुधवार) बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै शेयर धनीहरूलाई लाभांश नदिने निर्णय लिएको हो।

कम्पनीले यसअघि आर्थिक वर्ष २०७९/८० मा पनि लाभांश वितरण गरेको थिएन। लगातार दोस्रो वर्ष लाभांश नदिने निर्णयले लगानीकर्ताहरूमा निराशा उत्पन्न हुन सक्ने देखिएको छ।