काठमाडौँ। नेपाली बजारमा सुनको मूल्यले आज पनि उचाइ लिएको छ । अघिल्लो दिन प्रतितोला १३ सय रुपैयाँले बढेको सुनको मूल्य आज १६ सय रुपैयाँले बढेको हो ।
आज सुनको कारोबार प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँमा भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन १ लाख ९१ हजार ३ सय रुपैयाँ कायम थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज १५ रुपैयाँले सस्तिँदै प्रतितोला २ हजार १५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।