काठमाडौँ । नेपाली बजारमा गत शुक्रवारका दिन प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेको सुनको मूल्य आज आइतबार पनि बढेको छ । आज सुन अघिल्लो कारोबारको तुलनामा सुन ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  गत शुक्रवार प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँमा भएको थियो ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको कारोबार आज प्रतितोला २ हजार १६५ रुपैयाँमा भइरहेको महासंघले जनाएको छ ।