काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनीले जेष्ठ महिनामा मात्रै २ करोड बढी दाबी भुक्तानी गरेको छ ।
कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को जेष्ठ महिनामा मात्रै २ करोड १२ लाख ९९ हजार पाँच सय ५६ रुपैयाँ बराबर रकम दाबी भुक्तानी गरेको हो । कम्पनीले ८७ वटा बीमालेखहरु मार्फत उक्त दाबी रकम भुक्तानी गरेको हो ।
कम्पनीले जेष्ठ महिनामा २१ वटा कन्भेन्सनल पोलिसी मार्फत ६ लाख २६ हजार ४ सय ९४ रुपैयाँ , ५७ वटा टर्म पोलिसी मार्फत ४९ लाख ८५ हजार ४ सय ६२ रुपैयाँ र ९ वटा वैदेशिक रोजगार बीमालेख मार्फत १ करोड ५ लाख रुपैयाँ गरी २ करोड १२ लाख बढी रकम दाबी भुक्तानी गरेको छ ।
छोटो समयमा ग्राहकहरूलाई झन्झटरहित सेवा प्रदान गर्दै आएको इन्स्योरेन्सले सधैँ बिमीतको सेवामा तत्पर रहेको उल्लेख गरेको छ ।