काठमाडौँ। साताको तेस्रो कारोबारका दिन आज शेयर बजारमा गिरावट आएको छ । आज नेप्से सहित कारोबार रकम समेत खुम्चिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५९ अकंले घटेर २६५६.०६ बिन्दुमा कायम भएको छ। आज ३०६ कम्पनीको १ करोड ६४ लाख कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको कारोबार भएको छ ।
यसदिन १० उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.३३ प्रतिशत, विकास बैंक समूहको ०.१४ प्रतिशत, फाइनान्स समूहको ०.४३ प्रतिशत, होटल तथा पर्यटन समूहको १.७२ प्रतिशतले शेयर मूल्य घटेको हो ।
उक्त दिन सबैभन्दा बढी सानिमा माई हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ७४ करोड ९६ लाख ६१ हजार रुपैया बराबरको कारोबार भएको छ। त्यस्तै, बुटवल पावर कम्पनीको ६० करोड ३८ लाख १७ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन ङादी ग्रुप पावर कम्पनीको ४६ करोड ११ लाख ३२ हजार रुपैंया, राधी विद्युत् कम्पनीको ३८ करोड १८ लाख ५२ हजार रुपैयाँ, सोल्टी होटलको ३० करोड २९ लाख ८० हजार रुपैयाँको कारोबार भएको हो ।