काठमाडौँ । निलम्बित काठमाडौँ महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेले उच्च अदालत पाटनमा रिट दायर गरेका छन्।
पाण्डेलाई सोही महानगरका प्रशासकीय अधिकृत सरोज गुरुगाईले गत जेठ २० गते ६ महिनाका लागि निलम्बन गरेका थिए। प्रहरी बलका प्रमुख पाण्डेले मङ्गलवार उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।
पाण्डेले दायर गरेको रिटमा भोली (बुधवार) का दिन पेसी तोकिएको उच्च अदालतले जानकारी दिएको छ । पाण्डेलाई गत जेठ ६ गते स्पष्टीकरण सोधिएको थियो । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आफ्नो जिम्मेवारी सम्हाल्न महानगर जाँदा अवरोध गर्न भूमिका खेलेको आरोप पाण्डेमाथि लागेको थियो ।