काठमाडौँ । नेपाल धितोपत्र बोर्डले दुई वटा खुलामुखी सामूहिक लगानी कोष योजना स्वीकृत गरेको छ।
बोर्डले एकैसाथ सिटिजन्स क्यापिटल र एनआईसी एशिया क्यापिटललाई खुलामुखी सामूहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्न स्वीकृत प्रदान गरेको हो।
एनआईसी एशिया क्यापिटलले एनआईसी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम सञ्चालन अनुमति पाएको हो । यस योजनाको आकार १ अर्ब रहेको छ। बोर्डले असार ३ गते यस योजना सञ्चालनको लागि स्वीकृति प्रदान गरेको हो ।
त्यस्तै, सिटिजन्स क्यापिटलले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सदाबहार योजना सञ्चालनको अनुमति पाएको हो। यस योजनाको आकार ५० करोड रहेको छ। असार २ गते बोर्डले यस योजना सञ्चालनको लागि स्वीकृति प्रदान गरेको हो ।
अब यी दुवै योजनाले योजनाको इकाई बिक्री गर्नको लागि आह्वान पत्र प्रकाशन गर्ने भएका छन् ।