काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको हाे ।
कम्पनीको गत फागुन १२ गते बसेको संचालक समितिको बैठकले १ः०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेकोमा साउन २ गते बसेको संचालक समितिको बैठकले १ः१ को अनुपातमा १०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
१ः०.५ को अनुपादमा मात्रै हकप्रद शेयर जारी गर्दा बैंकको कर्जा चुक्ता गर्न नगुग हुने भएकाले कम्पनीले शत प्रतिशत हकप्रद शेयर निश्काशन गर्ने प्रस्ताव गरेको हो ।