काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले आमा हस्पिटलमा उपचार सेवा लिँदा छुट प्राप्त गर्ने भएका छन् ।

इन्स्योरेन्स र हस्पिटलबीच बीमित, कर्मचारी र अभिकर्तालाई ५० प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो । जसअन्तर्गत क्यबिन बेड मा ५० प्रतिशत, जनरल बेडमा ३० र हस्पिटलका अन्य सेवामा २० प्रतिशत छुट हुनेछ । आकस्मिक एम्बुलेन्स सेवामा भने कुनै पनि शुल्क लाग्ने छैन ।

यस्तै हेल्थ चेकअप प्याकेजमा ४० प्रतिशतको सहुलियत दिने सम्झौतामा पनि हस्ताक्षर भएको छ । उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाउनुपर्ने छ । अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेश गरेर छुटको लाभ लिन सक्नेछन् ।

कम्पनीले यस्ता व्यावसायिक सम्बन्धमा निरन्तर विस्तार गरि सेवालाई थप प्रभावकारी र स्तरीय बनाउँदै कम्पनीका बीमित अभिकर्ता तथा कर्मचारीहरूलाई निरन्तर लाभ र सकारात्मक ऊर्जा प्रदान गर्ने जनाएको छ छ ।