काठमाडाैं । आज पनि नेप्से उकालो लागेको छ । आज शेयर बजार नेप्से परिसूचक ११.१७ अंकले बढेर २,१६५.२४ को विन्दुमा कायम भएको छ ।
आज ७३ कम्पनीको शेयर मुल्य बढेको छ भने १३१ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज २६० कम्पनीको ८६ लाख ७४ हजार १०९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३४ करोड ८६ लाखमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै यूनाइटेड अजोड इन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज कम्पनीको २३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको १४ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै आज सर्वाधिक कमाउनेमा बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताहरु रहेका छन् । आज कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रति शेयर मुल्य १ हजार ४९० रुपैयाँ कायम भएको छ ।
आज विशाल बजार कम्पनी लिमिटेडको शेयर ७ दशमलव १६ प्रतिशतले बृद्धि हुँदा प्रति शेयर मूल्य ३ हजार ७२९ रुपैयाँ कायम भएको छ । यसैगरी युनाइटेड अजोडको शेयर ६ दशमलव ५५ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ६३१ रुपैयाँ कायम भएको छ ।
आज शेयर बजार बढेता पनि केही कम्पनीको शेयरमूल्य घटेको छ । बुधबार एनआईबिएल समृद्धि फण्ड २ को शेयरमूल्य सर्वाधिक घटेको छ ।
त्यस्तै, आज गुडविल फाइनान्स, सनराइज इक्युटी फण्ड प्राइम डिभेन्चर २०८८ लगायत अन्य कम्पनीहरुको शेयरमूल्य घटेको छ ।