काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी)ले लगानीकर्तालाई आफ्नो स्वामित्वको धितोपत्र विक्री गर्नुअघि उक्त धितोपत्र विक्री गर्न योग्य रहे/नरहेको यकिन गर्न अनुरोध गरेको छ । सीडीएससीले एक सूचना जारी गर्दै यस्ताे अनुरोध गरेको हाे ।
क्लोज आउटको समस्याबाट बच्न सीडीएससीले लगानीकर्तालाई शेयर विक्री गर्नुअगाडि सो शेयर विक्री गर्न योग्य रहे/नरहेको हेर्न आग्रह गरेको हो ।
डिम्याट खातामा रोक्का भएको धितोपत्र दोस्रो बजारमा विक्री गरि राफसाफ तथा फछ्र्यौट गर्ने क्रममा हस्तान्तरण हुन नसकेर क्लोज आउट हुने समस्या देखिएपछि सीडीएससीले सम्पूर्ण लगानीकर्तालाई अनुरोध गरेको छ ।
सीडीएसका अनुसार मेरो शेयरको माई शेयर पेजमा देखाइने धितोपत्रको अवस्थामध्ये ‘फ्रि ब्यालेन्स’मा रहेको परिमाणको धितोपत्र मात्र विक्रीयोग्य हो । फ्रि-ब्यालेन्समा देखिने संख्याभन्दा बढी कित्ता शेयर विक्री नगर्न सीडीएससीले अनुरोध गरेको छ ।