काठमाडौं । हालसम्मकै ठूलो परिमाणको सुन बरामद भएसँगै आन्तरिक राजस्व अनुसन्धान विभागले छानबिन कार्य तीब्र पारेको छ । हङकङदेखि जहाज प्रयोग गरेर ल्याइएको झण्डै १०० किलो सुन भन्सार पास भएर बाहिरिदैगर्दा विशेष सुचनाका आधारमा विभाको टोलीले मंगलबार बरामद गरेको थियो । सुन कसले ल्यायो तत्काल पत्ता नलागेपनि सुन बोक्न प्रयोग भएको ट्याक्सी, च्याक्सी चालक र भन्सार ऐजेन्टलाई तत्काल पक्राउ गरिएको थियोे ।
यस लगत्तै थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालय (टीआईए) मा डियुटीमा रहेका कर्मचारीहरुलाई समेत नियन्त्रणमा लिएर छानबिन शुरु गरेको छ ।

टीआईए भन्सार अधिकृत चन्द निलम्बित

सुन तस्करीलाई साथ दिएको आशंकामा विभाले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत सन्तोष चन्दलाई निलम्बन गरेको छ ।
भन्सार विन्दु हुँदै ठूलो परिमाणको सुन भित्रिदा समेत पत्तो नपाएको अझ सुन तस्करीमा भन्सारकै मिलेमतो हुन सक्ने आशंकामा अधिकृत चन्दलाई निलम्बन गरिएको हो ।
चन्दको निलम्बनसँगै विभागले भन्सार कार्यालयका अन्य कर्मचारीमाथि पनि छानविन र कारवाहीको तयारी गरिएको भन्सार विभागले जानकारी दिएको छ ।

सुन तस्करीको सुई व्यवसायी मलहोत्रातिर सोझियो
तस्करीको सुन कसले ल्यायो हालसम्म एकिन नभएपछि शंकाको सुई व्यवसायी दिपक मलहोत्रातर्फ सोझिएको छ । उनै मलहोत्राले मोटरसाइकल तथा स्कुटरको ब्रेक सु तथा दाह्री काट्ने रेजरमा लुकाएर सुन हङकङदेखि नेपाल छिराएको क्लु भेटिएको स्रोतले बताएको छ । तर एकिन भने भइसकेको छैन ।
मोटरसाइकलको बेक-शु र दारी काट्ने रेजर यसअघि पनि पटकपटक आयात भएकाले यसरी नै सुन तस्करी हुदैआएको हुनसक्ने आशंका विभागको रहेको छ ।