काठमाडाैं । प्राइम कमर्शियल बैंकले संस्थापक शेयर बिक्री गर्ने भएकाे छ । बैंकले १३ लाख ५० हजार १० कित्ता संस्थापक शेयर बिक्रीमा गर्ने भएकाे हाे ।
बैंकले सूचना सार्वजनिक गर्दै न्यूनत्तम १००० कित्ताका लागी आवेदन दिनुपर्ने जनाएकाे छ ।
शेयरकाे न्यूनत्तम बिक्री मूल्य रु १२० कायम गरिएकाे छ । विद्यमान संस्थापक, याेग्य व्यक्ति वा संस्थाले साउन १७ गते सम्ममा शिलबन्दी बाेलपत्र दर्ता गरिसक्नुपर्नेछ ।
प्रभु क्यापिटल लिमिटेडबाट शेयर आवेदन फारम लिन र दर्ता गर्न सकिनेछ ।