काठमाडौं । आज बिहिबार पनि सुन चाँदीको भाउ बढेको छ । बिहिबार सुन तोलामा ५ सय रुपैयाँले बढेकाे हाे । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ५ सय रुपैयाँले बढ्दै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।
छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन पनि तोलामा ५ सयले बढेर प्रतितोला १ लाख १३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजाे छापावाल सुन प्रति तोला १ लाख १३ हजार १ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला १ लाख १२ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएकाे थियाे ।
त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।






