काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशी मुद्रा अवैधरुपमा बाह्य मुलुक लैजादै गरेका चार जना पक्राउ परेका छन् । ठूलो मात्रामा विदेशी मुद्रा अवैधरुपमा बाह्य मुलुक लैजादै गरेका चार जना व्यक्ति विमानस्थलमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका-९ का २४ वर्षीय अनिस थापासहित अन्य तीन जना रहेका छन् ।

विदेशी मुद्रा लिएर हिमालयन एयरलाइन्सको उडानबाट यूएईको दुबई जान लासिबमकासबाविदेगेका थापा बुधबार राति पक्राउ परेका हुन् ।

उनको साथबाट ४१ हजार ४ सय अमेरिकी डलर, एक लाख १९ हजार ५ सय साउदी रियाल, एक हजार ३ सय ५७ ओमानी रियाल, ३०८ बहराइन दिनार बरामद भएको प्रहरीले जनाएको छ ।

अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा लगेजभित्र प्लाष्टिकले र्‍यापिङ गरी चाउचाउको बीचमा विदेशी मुद्रा फेला परेको थियो ।

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीको लागि प्रहरी वृत्त गौशालामा राखी थप अनुसन्धान भइरहेको छ ।