काठमाडौँ । चलचित्र विकास बोर्डले गत आर्थिक वर्ष २०७९/८० बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गरेकाे छ । बोर्डले नेपालमा प्रदर्शन भएका नेपाली र विदेशी चलचित्रहरूको ग्रस बक्स अफिस कलेक्शन रिपोर्ट सार्वजनिक गरिएको हो ।
चलचित्र विकास बोर्डको मिति साउन गतेको निर्णयानुसार रिपोर्ट सार्वजनिक गरिएको हो । नेपालमा गत आर्थिक वर्षमा ५७ वटा स्वदेशी चलचित्रहरू रिलिज भएका छन् ।
स्वदेशी चलचित्रहरूले २७ लाख १६ हजार २१७ थान टिकट बिक्री गरेका थिए । त्यसक्रममा नेपाली चलचित्रले कुल ग्रस व्यापार ७६ करोड ७२ लाख ५७ हजार १ रुपैयाँ गर्न सफल भएका छन् ।
गत आर्थिक वर्षमा दीपकराज गिरी र दीपाश्री निरौलाद्वारा निर्मित छक्का पञ्जा ४ ले १७ करोड ५२ लाख ९९ हजार १५९ रुपैयाँ कलेक्शन गर्न सफल भएको छ । छक्का पञ्जा ४ ले ६ लाख २९ हजार ७५० वटा टिकट बेचेको थियो ।
त्यस्तै अहिले पनि प्रदर्शनमा रहेको दयाहाङ राई र मिरुना मगर अभिनित जारीले १७ करोड १७ लाख ९ हजार ५१८ रुपैयाँ कमाइ गर्न सफल भएको छ ।
तेस्रोमा प्रदीप खड्का अभिनित प्रेमगीत ३ ले ७ करोड ७० लाख ३५ हजार ५५८ रुपैयाँ कमाउन सफल भएको छ । यो चलचित्रले नेपालभर २६ लाख ९८ हजार ८ वटा टिकट बेच्न सफल भएको थियो ।
कसले कति कमाए ?