काठमाडौं । बैंकको चर्को ब्याजको कारण एकजना व्यवसायिले आत्महत्याको प्रयास गरेको छ । आत्महत्याको प्रयास गर्नेमा धरान निवासी ५० वर्षीय योवन खड्गी रहेका छन् । उनि धरान–३ स्थित पुरानो बजारमा रहेको न्यु जयन्ती स्टोरका सञ्चालक हुन् ।

खड्गीले व्याजमा लिएको पैसा फिर्ता गर्न दबाब बढेपछि भानुचौकमा आएर आत्मदाह गर्न खोजेको प्रहरीमा बयान दिएका छन् ।

उनले भानुचौकमा शरीरमा पेट्रोल खन्याई आत्मदाहको प्रयास गरेका थिए । तत्कालै प्रहरीले खड्गीलाई उद्धार गरी बचाएको हो ।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लका अनुसार उनले सहकारी जस्तो आर्थिक कारोबारमा व्याज दिने गरी लिएको पैसा फिर्ता गर्न नसकेकाले आत्महत्या गर्न खोजेको बयान दिएका छन् । खड्गीलाई घटनास्थलबाट इलाका प्रहरी कार्यालय पुयाइएको थियो । त्यहाँ उनले ७२ जना सर्वसाधारणबाट लिएको ६ करोड ७४ लाख रुपैयाँ फिर्ता गर्न बाँकी रहेको बयान दिएका हुन् ।

खड्गीले उनको सुन पसलमा हालसम्म ७२ जना सर्वसाधारणले ६ करोड ७४ लाख रुपैयाँ जम्मा गरेको पाइएको हो । बचत रकम माग्दै सर्वसाधारणको दबाब बढेपछि मानसिक तनावमा थिए ।