काठमाडौं । नेपाल बैंक लिमिटेडले ऋणीलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न अनुरोध गरेको छ । बैंकले साउन ४ गते एक सूचना प्रकाशन गर्दै उल्लेखित ऋणीलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न अनुरोध गरेको हाे ।

बैंकले बैंकबाट कर्जा लिई कर्जा सुविधा बापतको साँवा रकम आदि बैंकलाई नबुझाएको र बैंकले खबरदारी गरिरहँदा समेत कर्जा चुक्ता गर्न नआएपछि ३५ दिने म्याद सहित कर्जा चुक्ता गर्न अनुरोध गरेको हाे ।

सो समयावधिभित्र पनि कर्जा चुक्ता नगरे धितोमा रहेको उल्लेखित सम्पत्ति मिति नाघेको भोलिपल्टबाट लिलाम बिक्रीमा राखिने बैँकले जनाएकाे छ ।

साथै ऋणी तथा जमानतकर्ताको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा राखिने समेत बैंकले जनाएको छ ।