काठमाडौं । सानिमा बैंकले ब्यालेन्स सर्टिफिकेट र गुड फर पेमेन्ट चेकको अनलाइन मार्फत आधिकारिक जानकारी लिन सकिने सुविधाको सुरुवात गरेको छ ।
सानिमा बैंकद्वारा जारी गरिएका ब्यालेन्स सर्टिफिकेटको आधिकारिकता उक्त ब्यालेन्स सर्टिफिकेटमा उल्लेखित क्यूआर कोड स्कयान गरेर तथा बैंकको आधिकारिक वेवसाइट मार्फत लिन सकिनेछ ।
यसैगरी, बैंकले गुड फर पेमेन्ट चेकको अनलाइनबाट आधिकारिकताको जानकारी लिन सकिने सुबिधाको व्यवस्था गरेको छ । यस अन्तर्गत गुड फर पेमेन्ट चेकको आधिकारिकता बैंकको आधिकारिक वेबसाइट मार्फत लिन सकिने बैंकले जानकारी गराएको छ ।
यस सुविधाको सुरुवातसँगै नक्कली ब्यालेन्स सर्टिफिकेट र नक्कली गुड फर पेमेन्ट चेकहरूबाट ग्राहकहरूलाई सुरक्षित राख्न मद्दत पुग्ने बैंकले विश्वास गरेको छ ।
सानिमा बैंककोे सातै प्रदेशमा १३२ वटा कार्यालयहरु र १२२ वटा एटिएम संजालहरु रहेका छन् ।