काठमाडौं । नबिल बैंक लिमिटेड राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ (एनबीपीए) बाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईसीएएन) बाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२२ (एनबीपीए) बाट नबिल बैंक सम्मानित भएको हाे ।

नबिल बैंकले बैंकिङ क्षेत्रतर्फको सिल्भर अवार्ड प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले आर्थिक वर्ष २०२१/२२ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो ।

काठमाडौंमा आजआयोजित एक कार्यक्रममा प्रमुख अतिथी अर्थमन्त्री डा. प्रकाश शरण महतले नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलाई अवार्ड हस्तान्तरण गरेका थिए ।