काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले मौद्रिक नीति पारित गरेको छ । आज बिहान बसेको सञ्चालक समिति बैठकले चालू आर्थिक वर्षको मौद्रिक नीति पारित गरेको हो ।

अब मौद्रिक नीतिको पूर्ण पाठ केन्द्रीय बैंकको वेबसाइटबाट सार्वजनिक गर्ने र त्यसपछि दिउँसो ३ बजे गभर्नरले याक एण्ड यति होटलमा पत्रकार सम्मेलनमार्फत नीतिहरुको विषयमा खुलाईनेछ । त्यस्तै, राष्ट्र बैंकले मैाद्रिक निति आफनो वेवसाईटमार्फत सार्वजनिक गर्ने भएको छ ।

मौद्रिक नीति तर्जुमा कार्यविधिमा आर्थिक वर्ष सुरू भएको एक साताभित्र मौद्रिक नीति ल्याउनुपर्ने व्यवस्थाअनुसार आजै मौद्रिक नीति सार्वजनिक गर्न लागिएको हो ।