काठमाडौं । नेपाल राष्ट्र बैंकले आवासीय कर्जाको सीमा बढाएको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत् ५० लाख सीमा बढाएको हो ।
अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिमा पहिलो आवासीय घर कर्जामा एक करोड ५० लाखको सीमा राखिएको थियो । अहिले भने त्यसलाई बढाएर २ करोड रुपैयाँ पुर्याइएको छ । निर्माण क्षेत्रलाई थप चलायमान बनाउन राष्ट्र बैंकले आवासीय घर बनाउन ऋण उपलब्ध गराउने नीति बनाएको हो ।
केन्द्रीय बैंकले चालु पुँजी कर्जालाई बैंक तथा वित्तीय संस्थाको सुझावमा पुनरावलोकन गर्ने भनेको छ ।
शेयर धितो कर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाका विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने राष्ट्र बैंकले जनाएको छ ।