काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले महिला आदर्श सेवा केन्द्रलाई आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धि कार्य गर्दै आएकोमा आज महिला आदर्श सेवा केन्द्रलाई सहयोग गरेको हो ।
यस महिला आदर्श सेवा केन्द नेपाली महिलाहरुमा चेतना जगाउने र आत्मनिर्भरताको विकास गर्ने उद्देश्यले बि. सं २०४० मा स्थापना भएको संस्था हो । यस वीच सो संस्थाले महिला वर्गलाई विभिन्न शिपमूलक तालिम प्रदान गर्दै आइरहेको छ । अहिले संस्थाले आप्mनै भवन निर्माण गरिरहेको क्रममा सो निर्माणमा सघाउन सांग्रिला डेभलपमेन्ट बैंकले केही आर्थिक सहयोग उपलब्ध गराएको हो ।
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सम्पत्ति शुद्धिकरण तालिम सम्पन्न भएको छ । उक्त तालिम साउन ६ गते कम्पनीका कर्मचारीहरुको उपस्थितीमा भैरहवामा सम्पन्न भएको हो । कम्पनीका १२० जना कर्मचारी, कम्पनीका विभागीय प्रमुख, शाखा प्रमुखहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलको पनि उपस्थिती रहेको थियो ।
शाखा प्रमुख, विभागीय प्रमुखहरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा नेपाल बीमा प्राधिकरणका उप निर्देशक हृदयश्वर पण्डितले विस्तृत प्रशिक्षण दिएका थिए ।