काठमाडौं । एनआईसी एशिया बैंकले ऋणीहरुको धितोमा रहेको उल्लेखित चल अचल सम्पत्ति बिक्री गर्ने भएको छ । बैंकले ऋणीहरुको धितोमा रहेको उल्लेखित चल अचल सम्पत्ति गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको हाे ।

बैंकबाट कर्जा सुविधा उपभोग गरी उक्त सुविधाभोग बापतको बैंकलाई बुझाउनुपर्ने साँवा ब्याज आदि नबुझाएपछि बैंकले कर्जा असुली गर्नका लागि ऋणीको धितोमा रहेको उल्लेखित सम्पत्तिहरु लिलाम बिक्री गर्न लागेको हो ।

चलअचल सम्पत्ति खरिद गर्न इच्छुकले सात दिनभित्र गोप्य शिलबन्दी बोलपत्र फाराम भरी बैंकको केन्द्रीय कार्यालय, कर्जा असुली विभाग त्रिपुरेश्वर, काठमाडौंमा आवेदन दिन सकिने बैंकले जनाएकाे छ ।