काठमाडौं । लक्ष्मी सनराइज बैंकका अध्यक्ष रमण नेपालले सपथ लिएका छन् । अध्यक्ष नेपालले मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।
लक्ष्मी बैंक र सनराइज बैंक मर्जरपश्चात् बनेको लक्ष्मी सनराइज बैंकको अध्यक्षमा नेपाल नियुक्त भएका हुन् । उनी साविक लक्ष्मी बैंकको अध्यक्ष समेत थिए । उनी नागरिक लगानी कोषको प्रतिनिधित्व गर्दै बैंकको अध्यक्ष बनेका हुन् ।
नेपाल नागरिक लगानी कोषका कार्यकारी निर्देशक हुन् । कोषको लक्ष्मी बैंकमा करिब १५ प्रतिशत सेयर लगानी रहेको छ ।








