काठमाडौं । बोटलर्स नेपाल लिमिटेड (बीएनएल) ले बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड, २०२२ जितेको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आईक्यान) द्वारा आयोजित एक कार्यक्रममार्फत बोटलर्स नेपाललाई म्यान्युफ्याक्चरिङ सेक्टर क्याटेगोरी अन्तर्गत बेस्ट प्रेजेन्टेडको गोल्ड अवार्ड प्रदान गरिएको हो ।
आर्थिक वर्ष २०७८/७९ को वार्षिक हिसाबमा प्रस्तुत गरिएका आउट्स्ट्यान्डिङ प्रेजेन्टेसन, डिटेल्ड डिस्क्लोजर र ट्रान्स्पेरेन्सि अफ इन्फर्मेसनको लागि कम्पनीलाई यो अवार्ड प्रदान गरिएको हो ।
बोटलर्स नेपाल (तराई) लिमिटेडलाई २०२२ को लागी सोही श्रेणीमा आईक्यानद्वारा मेरिट अवार्ड प्रदान गरिएको थियो । बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल तराई लिमिटेडले आफ्नो कर्पाेरेट गभर्नेन्स र कम्प्लायन्स माथि गर्व गर्ने बताएको छ ।
‘बोटलर्स नेपालले हाम्रा सप्लायर, ग्राहक र सेयरहोल्डरहरू लगायत सबै स्टेकहोल्डरहरूसँग राख्नुपर्ने ट्रान्स्पेरेन्सिको महत्व बुझ्दछ । कर्पाेरेट गभर्नेन्स र कम्प्लायन्स हाम्रो आन्तरिक प्रक्रिया र ग्लोबल कोका–कोला सिस्टमको अंश हो, जसलाई हामी उत्प्रेरित रूपमा पालना गर्छाँै । हामी हाम्रो सानो प्रयासको लागि मान्यता प्राप्त गरेकोमा कृतज्ञ छौं’ कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।
उक्त अवार्ड अर्थमन्त्री डा. प्रकाशशरण महतको हातबाट बोटलर्स नेपाल लिमिटेडका फाइनान्स कन्ट्रोलर अशोक मण्डलले ग्रहण गरेका छन् ।