काठमाडाैं । कामना सेवा विकास बैंकले बचत खातामा ७.५ प्रतिशत ब्याजदर प्रस्ताव गरेकाे छ । बैंकले न्यूनत्तम माैज्दात पाँच हजार रूपैयाँ राख्नुपर्ने शुभश्री बचत खातामा याे ब्याज दर प्रस्ताव गरेकाे हाे ।
साथै बैंकले ब्याजसँगै दुर्घटना बीमा र १ वर्षका लागी निःशुल्क लकर सुविधाकाे समेत घाेषणा गरेकाे छ ।
ग्राहकले ७ लाख रूपैयाँ बराबरकाे दुर्घटना बीमा सुविधा प्राप्त गर्ने बैंकले जनाएकाे छ ।