काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवैध सुन आयात प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग जवाफ माग्ने निर्णय गरेको छ । नयाँबानेश्वरस्थित संसदको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकले यस्ताे निर्णय गरेको हाे ।

कैठकमा एमालेले गृहमन्त्रीमाथि नैतिक रुपमा प्रश्न गर्ने र जवाफ माग गर्ने निर्णय गरेको छ ।

बैठकपछि नेता रघुजी पन्तले एक क्विन्टल सुन अवैध रुपमा आयात गर्ने कम्पनीले यसअघि पनि पटक-पटक सामान ल्याएको देखिएको उल्लेख गर्दै त्यसबारे पनि छानबिन हुनुपर्ने बताए । कसले सुन ल्याएको हो, दोषी पत्ता लगाउनुपर्ने र कानुनी कारबाही गर्नुपर्ने पार्टीको निर्णय भएको उनले जानकारी दिए ।